कांग्रेस केन्द्रीय समिति बैठक सकियो, भोलि बिहान ११ बजे बस्ने – Nepal Press

कांग्रेस केन्द्रीय समिति बैठक सकियो, भोलि बिहान ११ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजलाई सकिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका थिए ।

एक वर्षपछि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएकाे थियाे ।

बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर