फिर्ता नगरेको सरकारी गाडी चढेर पार्टी बैठकमा पुगे गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेल – Nepal Press

फिर्ता नगरेको सरकारी गाडी चढेर पार्टी बैठकमा पुगे गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल फिर्ता नगरेको सरकारी सवारी र चालकसहित पार्टी बैठकमा पुगेका छन् ।

पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग. १ झ ६०१ गाडी र सरकारी चालक ६ महिना बितिसक्दा पनि फिर्ता गरेका छैनन् । उनी गत पुस २५ गते पदमुक्त भएका थिए । प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सवारी र चालक सुविधा दिने व्यवस्था कुनै ऐन-कानूनले गरेको छैन । तर, पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि अनधिकृत रूपमा सवारी र चालक राखेका छन् ।

त्यही गाडी चढेर पूर्वमुख्यमन्त्री पोखरेल काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका छन् ।

उनले मुख्यमन्त्रीको हैसियतमा लगेको गाडी र चालक हालसम्म फिर्ता नगरेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी विकास थापाले पुष्टि गरे । सवारी चालक पनि मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । मुख्यमन्त्री कार्यालयले नै उनलाई तलब खुवाइरहेको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

One thought on “फिर्ता नगरेको सरकारी गाडी चढेर पार्टी बैठकमा पुगे गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर