देउवाले बुझ्न नमानेको कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदनमा के छ ? (पूर्णपाठ) – Nepal Press

देउवाले बुझ्न नमानेको कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवाले बुझ्न नमानेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको छ।

देउवालाई प्रतिवेदन बुझाउन समय माग्दा पनि नदिएपछि पार्टी कार्यालयमा मुख्यसचिव मार्फत बुझाएका नेता गुरुराज घिमिरेले बताए।

मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनहरूको नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीभित्र देशभरिका इमान्दार, निष्ठावान् नेता एवं सदस्यहरूलाई पछिल्ला राजनीतिक घटनाक्रम र अवस्थाले चिन्तित र गम्भीर बनाएको उल्लेख गरेका छन्।

पछिल्लो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा लोकप्रिय मतमा आएको गिरावट, पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भएको अस्वाभाविक गठबन्धन र सरकार निर्माणको क्रममा भएको राजनीतिक दुर्घटना, उपनिर्वाचनको अनपेक्षित परिणाम, भ्रष्टाचार प्रकरणहरूमा पार्टीका नेताहरूको संलग्नता, विभिन्न जिल्लाका साथीहरूबाट व्यक्तिगत तथा सामूहिक रूपमा व्यक्त असन्तुष्टि, छटपटी र आक्रोशका विषय प्रतिवेदनमा समेटिएको छ।

पार्टीका भ्रातृ शुभेच्छुक संस्थाहरूमा देखिएको आन्तरिक अव्यवस्था, नीति विहीनता र विधिविहीनतामा पार्टी सञ्चालन, नेपाली कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन गरेर अघि नबढ्ने हो भने पार्टी सदस्यहरूमा झनझन निराशा बढ्दै जाने र पार्टीको लोकप्रिय जनधार खस्किँदै गएको उल्लेख छ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले देशव्यापी कांग्रेस रूपान्तरण अभियान चलाएको थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर