भीम रावल पुनः एमालेमा सक्रिय, अछाममा गरे कार्यकर्ता भेला (भिडिओ) – Nepal Press

भीम रावल पुनः एमालेमा सक्रिय, अछाममा गरे कार्यकर्ता भेला (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् । गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन ।

अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन् ।

चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिविधिबाट टाढा रहँदै आएका छन् ।

केन्द्रीय सदस्यसमेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको शपथसमेत लिएका थिएन । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि वार्ता टोली गठनसमेत गरिएको थियो ।

तर, लामो समयदेखि पार्टी गतिविधिमा असंलग्न रहँदै आएका रावल गृहजिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर