ब्वाइफ्रेण्डलाई पोल सुनाएको भन्दै सप्तकोशी किनारमा कुटिएका थिए ३ युवती, बेइज्जत गर्न भिडिओ बनाएर फेसबुकमा पोष्ट – Nepal Press

ब्वाइफ्रेण्डलाई पोल सुनाएको भन्दै सप्तकोशी किनारमा कुटिएका थिए ३ युवती, बेइज्जत गर्न भिडिओ बनाएर फेसबुकमा पोष्ट

विराटनगर । ब्वाइफ्रेण्डलाई कुरा लगाएको विषयमा सुनसरीको बराह क्षेत्र स्थित सप्तकोशी किनारमा युवतीहरूका बिचमा ग्याङ फाइट भएको खुलेको छ ।

ग्याङफाइट गर्ने युवतीहरू पहिला देखिकै चिनजानका साथीहरू हुन् ।

उनीहरू बराह क्षेत्र नगरपालिका वडा नम्बर ८, ९ र १० घर भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार युवतीहरूका बीचमा असार २९ सप्तकोशी किनारमा झगडा भएको हो ।

ब्वाइफ्रेण्डलाई कुरा लगाएको विषयमा फेसबुकमा झगडा भएपछि छलफलका लागि उनीहरू बराह क्षेत्रस्थित सप्तकोशी किनार राजाबासमा भेला भएका थिए ।

ब्वाइफ्रेण्डलाई कुरा लगाएको र प्रेम सम्बन्धको बारेमा हल्ला फिँजाएको विषयमा उनीहरूका बिचमा विवाद भएको थियो । त्यसपछि ५ जनाको समूहमा रहेका युवतीहरूले ३ जना युवतीहरूलाई कुटेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

यो पनि पढ्नुहाेस्- सप्तकोशी किनारामा तीन युवतीमाथि निर्घात कुटपिट- एक युवती पक्राउ, चारजना फरार (भिडिओ)

कुटपिटको भिडियो समेत बनाएर ५ जनाको समूहमा रहेका युवतीहरूले नै सामाजिक सञ्जालमा हालेको भेटिएको प्रहरीको दाबी छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा भने २ जनाले मात्रै कुटाई खाएको देखिन्छ । एक जनाले कुटाइ खाएको भिडियो भने नखिचे पनि घटनामा ३ जना युवती पीडित भएको देखिएको राईले बताए ।

राईका अनुसार घटनामा संलग्न रहेको आरोपमा बराह क्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बु पक्राउ परेकी छिन् ।

घटनामा संलग्न बराह क्षेत्र ९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र ८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र विनीता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बराह क्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नबिना विश्वकर्मा र राजा बासकी १९ वर्षीया मनीषा राईलाई प्रीति सहितको पाँच जनाको समूहमा रहेका युवतीहरूले निर्घात कुटपिट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *