एमाले नेतृ झाविरुद्ध साइबर ब्युरोमा उजुरी, राष्ट्रिय एकतामाथि अघात पुर्‍याएको आरोप – Nepal Press

एमाले नेतृ झाविरुद्ध साइबर ब्युरोमा उजुरी, राष्ट्रिय एकतामाथि अघात पुर्‍याएको आरोप

जनकपुरधाम । नेकपा एमाले नेतृ रेखा झाले नेपाली राष्ट्रिय एकतामाथि अघात पुर्‍याएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।

पूर्व सांसद समेत रहेकी नेतृ झाविरुद्ध राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले सोमबार साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
नेतृ झा तत्कालीन अङ्ग्रेज (ब्रिटिसले जारी गरेको नक्सा) सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी थिइन् । शेयर गरिएको नक्सामा नेपाल पनि ब्रिटिस शासन अधीनको दर्साएकोले नेतृ झामाथि आवश्यक कारबाहीको माग गरिएको छ ।

अभियानका संयोजक यादवले असार २७ मा प्रेस विज्ञप्ति जारी गरेर पनि नेतृ झामाथि कारबाही गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका थिए । तर सम्बन्धित पक्षले चासो नदेखाएपछि उनले साइबर ब्युरोमा उजुरी नै दर्ता गराएका छन् ।

देशद्रोही कार्य गरेको भन्दै अभियान संयोजक यादवले नेतृ झासँग विज्ञप्तिमार्फत माफी माग्न र नेपालको गौरवशाली इतिहासलाई कलङ्कित गर्ने कार्य नगर्न आग्रह पनि गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर