यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा तथा युरो एकको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसामा खरिदबिक्री हुने भएको छ ।

हिजो अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७७ रुपैयाँमा तथा युरो एकको खरिद दर १४७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९६ रुपैयाँमा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २१ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६५ रुपैयाँ  क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ५ पैसा  र बिक्रीदर  ९९ रुपैयाँ  ५० पैसा कायम गरिएको छ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसामा कारोबार हुँदा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ ३४ पैसा र बिक्रीदर  १० रुपैयाँ ३९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसामा कारोबार हुने जनाएको  राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६ रुपैयाँ, मलेसियन रिंगिट  एकको खरिद दर  २८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९८ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर