चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती (तस्बिरहरु)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/07/Chandragiri-Aarti.jpg)
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार आज यहाँ पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो ।
साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताए ।
भालेश्वर महादेवमा आज चन्द्रागिरि केवलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए ।
आज साउन महिनाको पहिलो सोमबार पुशपतिनाथसहित देशका अन्य महादेव मन्दिरहरुमा पनि भगवान शिवको पूजा अर्चनाका लागि घुइँचो लागेको थियो ।