पोखरामा देशकै तेस्रो ठूलो डिपो सञ्चालनमा, १ करोड लिटरको डिजेल भण्डारण हुने – Nepal Press

पोखरामा देशकै तेस्रो ठूलो डिपो सञ्चालनमा, १ करोड लिटरको डिजेल भण्डारण हुने

पोखरा । पोखरामा एक करोड लिटर डिजेल भण्डार गृहको उद्घाटन भएको छ । भण्डार गृहको सोमबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रिजालले उद्घाटन गरेका हुन् ।

नेपालकै तेस्रो ठूलो डिपोको रुपमा रहेको उक्त भण्डार गृहको क्षमता १ करोड लिटर छ । ८९ करोडमा लगानीमा बनेको उक्त भण्डार गृहको २०७७ असार ३१ मा सम्झौता गरेको थियो । १ वर्षभित्र सक्ने गरी सम्झौता भएकोमा ६ महिना म्याद थप गरिएको थियो ।

पर्याप्त भण्डारण स्थल नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण ट्यांक निर्माण गरिएको नेपाल आयल निगमले जनाएको छ ।

उक्त भण्डार गृह नेपाल आयल निगमले २०५८ सालपछि निगमको आफ्नै लगानीमा अघि बढाई मुलुककै डिजल भण्डारणको हिसावले दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको हो । आयल निगमका अनुसार यस भण्डार गृहमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ ।

करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । हाल १ दिनमा प्रदेशभर ३ लाख ३ लाख २० हजार लिटर डिजेल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौँडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको विश्वास रहेको जनाएको छ ।

पोखराबाट गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङ्जाका पम्पमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिन्छ । पोखरामा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुन्छ । गण्डकी प्रदेशमा मात्र डिजेल र पेट्रोल पम्प ५८ वटा छन् ।

गण्डकी प्रदेशभर १ महिनाका लागि पुग्ने इन्धन भण्डार गर्न सकिने नेपाल आयल निगमको प्रादेशिक कार्यालय पोखराका परियोजना प्रमुख मनोज ठाकुरले बताए । ‘अब गण्डकीका सबै डिजेल पम्पमा यहिँबाट डिजेल खपत हुन्छ । यो डिपोबाट गण्डकीलाई १ महिना पुग्ने इन्धन भण्डार गर्न सकिन्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर