हेटौंडाको गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित ७ जना युवती पक्राउ – Nepal Press

हेटौंडाको गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित ७ जना युवती पक्राउ

हेटौंडा । मकवानपुरको एक होटलमा प्रहरीले छापा मारेको छ । प्रहरीले हेटौंडा-१० बसपार्क टीसीएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल सञ्चालसहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गेष्ट हाउस सञलक हेटौंडा-२ बस्ने ४१ वर्षीय विक्रम श्रेष्ठ र ७ जना युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्ने युवतीहरुमा हेटौंडा-१ चाईना क्वाटर २६ वर्षीया प्रमिला लामा, हेटौंडा-११ थानाभर्याङ बस्ने २२ वर्षीया पुजा लामा, भीमफेदी-२ की २३ वर्षीया ममता लामा, सुनसरी ईटहरी नगरपालिका-१० बस्ने २१ वर्षीया विनिता राई, धरान उपमहानगर-१० बस्ने २० वर्षीया सुवर्ण राई, चितवन भरतपुर महानगर-११ बस्ने २१ वर्षीया आशु दराई र ईलाम माई नगरपालिका-८ बस्ने २६ वर्षीया मन्जिला शेर्पा रहेकी छन् ।

गेष्ट हाउसमा हो-हल्ला भएपछि त्यहाँका स्थानीयले प्रहरी बोलाएर घटनाका बारेमा जानकारी गराएपछि प्रहरीले गेष्ट हाउसमा पुगेर सञ्चालक श्रेष्ठ र ७ जना युवतीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी कार्कीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर