सुदूरपश्चिमका मुख्यमन्त्रीसहितका नेताले बालुवाटार पुगेर प्रधानमन्त्री पत्नीलाई दिए श्रद्धाञ्जली – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्रीसहितका नेताले बालुवाटार पुगेर प्रधानमन्त्री पत्नीलाई दिए श्रद्धाञ्जली

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहाललाई श्रद्धाञ्जली व्यक्त गर्न बालुवाटार पुगेका छन् ।

मुख्यमन्त्री शाह प्रदेशका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाही, सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी मालसहित बालुवाटार पुगेर स्व.दाहाललाई श्रद्धाञ्जली दिएका थिए ।

प्रदेशसभा सदस्य शिवसिंह ओली र जानकी कुँवर पनि बालुवाटार पुगेका थिए । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई समवेदनासमेत व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *