नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित – Nepal Press

नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको ।

नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे ।

भारतका ओपनर अभिषेक शर्मा ८७ रन बनाएर आउट भएका थिए । उनलाई नेपाली टीमका कप्तान राेहित पाैडेलले क्याच आउट गराएका थिए ।

टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको थियाे ।

नेपालका लागि कप्तान रोहित पौडेलले ६५ र गुल्सन झाले ३८ रन जोडे। ३७ रनमा ५ विकेट गुमाएको अवस्थामा कप्तान रोहितले सोमपाल कामीसँग ५३ र गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए । नेपालका आसिफ शेखले ७, देव खनालले १५, भीम सार्कीले २ रन जोडे भने कुशल भुर्तेलले खाता खोल्न सकेनन् । कुशल मल्लले पनि रन जोड्न सकेनन्।

खाता नखोल्दै विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो । तर, ८ रनको अन्तरमा ३ विकेट गुमाएर नेपाल फेरी दबाबमा आएको हो। सोमपालले पनि १४ रन बनाए। रोहितले ६७ बलमा ६ चौका प्रहार गरेका थिए। नेपालले १४४ रन जोड्दा सातौं विकेटका रुपमा रोहितलाई गुमाएको थियो ।

आफ्नो पहिलो ओभर बलिङ गर्न आएका पार्ट टाइमर निसान्त सिन्धुले दोस्रो बलमै रोहितलाई आउट गरेका थिए । त्यसपछिका बाँकी तीन विकेट पनि सिन्धुले नै हात पारे । भारत ‘ए’ का सिन्धुले ४, राजबर्द्धन हंगरगेकरले ३ र हर्सित रानाले २ विकेट हात पारे ।

नेपाल पहिलाे खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर