भारत ‘ए’ सँग नेपाल १६७ रनमा अलआउट, कप्तान रोहितको ६५ रन – Nepal Press

भारत ‘ए’ सँग नेपाल १६७ रनमा अलआउट, कप्तान रोहितको ६५ रन

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत ‘ए’ सँग भिडिरहेको नेपाल १६७ रनमा अलआउट भएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपाली टोली ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ६५ र गुल्सन झाले ३८ रन जोडे। ३७ रनमा ५ विकेट गुमाएको अवस्थामा कप्तान रोहितले सोमपाल कामीसँग ५३ र गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए । नेपालका आसिफ शेखले ७, देव खनालले १५, भीम सार्कीले २ रन जोडे भने कुशल भुर्तेलले खाता खोल्न सकेनन् । कुशल मल्लले पनि रन जोड्न सकेनन्।

खाता नखोल्दै विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो । तर, ८ रनको अन्तरमा ३ विकेट गुमाएर नेपाल फेरी दबाबमा आएको हो। सोमपालले पनि १४ रन बनाए। रोहितले ६७ बलमा ६ चौका प्रहार गरेका थिए। नेपालले एक सय ४४ रन जोड्दा सातौँ विकेटका रुपमा रोहितलाई गुमाएको थियो ।

आफ्नो पहिलो ओभर बलिङ गर्न आएका पार्ट टाइमर निसान्त सिन्धुले दोस्रो बलमै रोहितलाई आउट गरेका थिए । त्यसपछिका बाँकी तीन विकेट पनि सिन्धुले नै हात पारे । भारत ‘ए’ का सिन्धुले ४, राजबर्द्धन हंगरगेकरले ३ र हर्सित रानाले २ विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर