रोहित र गुल्सनको प्रतिरोध समाप्त, नेपाल अलआउट नजिक – Nepal Press

रोहित र गुल्सनको प्रतिरोध समाप्त, नेपाल अलआउट नजिक

काठमाडौं । इमर्जिङ एसिया कप अन्तरगत भारत ‘ए’ विरुद्धको म्याचमा नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको छ । कप्तान रोहित पौडेल र अलराउन्ड गुल्शन झा छोटो अन्तरालमा आउट भए ।
कप्तानी पारी खेल्दै टीमलाई सम्हालेका रोहित ६५ रनमा आउट भए भने आक्रामक ब्याटिङ गरिरहेका गुल्शन पनि पेभिलियन फर्केका छन् ।

३७ रनमा ५ रनको दयनीय अवस्थाबाट कप्तान रोहितले नेपाललाई सम्हालेका थिए । उनले सोमपाल कामी र गुल्शनसँग दुई अर्धसतकीय साझेदारी गरे । सोमपाल १४ रनमा आउट भएपछि क्रिजमा आएका गुल्शनले विष्फोटक अन्दाजमा खेले । रोहित र गुल्शनबीच द्रुत गतिमा ५४ रनको पार्टनरसीप भएको थियो ।

स्पिनरहरुविरुद्ध राम्रो खेलिरहेका रोहित र गुल्शन दुवै स्पिनरकै शिकार भए । उनीहरु दुवैलाई निशान्त सिन्धुले आउट गरेका हुन् । रोहितले ८५ बल खेल्दा ७ चौका प्रहार गरेका थिए भने गुल्शनले ३० बलमा दुई चौका र २ छक्का सहित २८ रन बनाए ।

यो समाचार लेख्ने क्रममा नेपालले थप १ विकेट गुमाएर १६३ रनमा ९ विकेटमा अवस्थामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर