सामाजिक सुरक्षा कोषले यस वर्ष योगदानकर्तालाई साढे ७ प्रतिशत ब्याज दिने – Nepal Press

सामाजिक सुरक्षा कोषले यस वर्ष योगदानकर्तालाई साढे ७ प्रतिशत ब्याज दिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई चालू आर्थिक वर्षमा साढे ७ प्रतिशत ब्याज दिने भएको छ ।

सार २५ गते बसेको सामाजिक सुरक्षा कोष सञ्चालक समितिको बैठकले योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा प्रदान गर्ने ब्याजदर वार्षिक ७.५ प्रतिशत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले कोषले अवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा कोषले ब्याजदर वार्षिक ८.६० प्रतिशत लिने निर्णय गरेको छ ।

यस्तै धितोमा आधारित घर सापटी तथा शैक्षीक सापटीमा ब्याजदर वार्षिक ९.२५ प्रतिशत कोषले लिने जनाएको छ । धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकोमा भने कोषले हर्जना ब्यजादर एक प्रतिशत लिने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *