भारत ए विरुद्ध पनि आशा गरिएका ब्याट्सम्यान जम्न सकेनन्, ३५ रनमै नेपालको ४ विकेट गुम्यो – Nepal Press

भारत ए विरुद्ध पनि आशा गरिएका ब्याट्सम्यान जम्न सकेनन्, ३५ रनमै नेपालको ४ विकेट गुम्यो

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत एसँग भिडिरहेको नेपाल खराब ब्याटिङ गरेको छ ।

नेपालले ९ ओभरमा ४ विकेट गुमाएर ३५ रन जोडेको छ। नेपालका आसिफ शेखले ७, देव खनालले १५, भीम सार्कीले २ रन जोडे भने कुशल भुर्तेलले खाता खोल्न सकेनन् ।

खाता नखोल्दै विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो। तर ८ रनको अन्तरमा ३ विकेट गुमाएर नेपाल फेरी दबाबमा आएको हो । भारतका हर्सित राना र राजबर्द्धन हर्गर्गेकरले २/२ विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर