भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङमा – Nepal Press

भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं । इमर्जिङ एसिया कप अन्तर्गत भारत ए विरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पहिलो खेलमा पाकिस्तान ए विरुद्ध ४ विकेटको हार व्यहोरेको नेपालले आज भारतसँग दोस्रो म्याच खेल्दैछ ।

डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ ।

नेपालले टीममा दुई परिवर्तन गरेको छ । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदको ठाउँमा देव खनाल र फास्ट बलर प्रतिस जिसीको स्थानमा किशोर महतोले स्थान पाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर