नयाँ आर्थिक वर्षसँगै कुन कर कति, नयाँ के थपियो ? – Nepal Press

नयाँ आर्थिक वर्षसँगै कुन कर कति, नयाँ के थपियो ?

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरूसँगै सरकारले गत जेठ १५ गते ल्याएको बजेट पनि कार्यान्वयनमा आएको छ ।

बजेटमा व्यवस्था गरिएको विलासिता कर र वैदेशिक भ्रमण प्याकेजमा ५ प्रतिशत पर्यटन शुल्क पनि आजैबाट लागू भएको छ । यस्तै हवाई उडानमा पनि आजैबाट मूल्य अभिवृद्धि कर लाग्ने भएको छ । यसका लागि हवाई यातायात सेवामा आर्थिक ऐन, २०५० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले कर लाग्ने कारोबारको सीमा २० लाख रूपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्ने उल्लेख छ । हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिनु पर्ने विभागले जनाएको छ ।

पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरूले प्रदान गर्ने सेवामा र १० लाखभन्दा बढीको बहुमूल्य धातुमा २ प्रतिशत विलासिता कर पनि कार्यान्वयनमा आएको छ । आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गहनामा पनि सोही दरमा कर लागेको छ । ट्राभल एजेन्सीहरूले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजैबाट कार्यान्वयनमा आएको छ ।

साउन १ गतेदेखि वार्षिक ५० लाख रूपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ । यसअघि वार्षिक २० लाखभन्दा बढी कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर