युरोपेली भाग्यमानी, उनीहरूको तर्फबाट युक्रेनी मरिरहेका छनः जेलेन्स्की सहयोगी – Nepal Press

युरोपेली भाग्यमानी, उनीहरूको तर्फबाट युक्रेनी मरिरहेका छनः जेलेन्स्की सहयोगी

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगीले युरोपेली भाग्यमानी भएको बताएका छन् ।

रुस युक्रेन युद्धमा युरोपेलीको तर्फबाट युक्रेनीहरू मरिरहेको भन्दै जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यस्तो बताएका हुन् ।

बाल्टिक क्षेत्रको डेल्फी नामक अखबारलाई एक अन्तरवार्ता दिँदै मिखाइलले यस्तो बताएका हुन् ।

उनले अन्तरवार्तामा भनेका छन्, ‘युरोप भाग्यमानी हो कि यहाँ युक्रेन जस्तो एक देश छ जसले युरोपेली जीवनशैलीका प्रतिस्पर्धा, लोकतन्त्र र स्वतन्त्रताको पक्षमा लडिरहेको छ ।’

उनले पश्चिमा देशहरूको सहयोग कुनै दान नभएको भन्दै यस्तो तर्क गरेका छन् ।

मिखाइलले यस्तो भनेको कुरा अहिले रुसी मिडियामा प्राथमिकताका साथ प्रकाशन भएको छ ।

खास गरी रुसी सरकारी विश्व च्यानल आरटीले यसलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *