सिस्डोल र बन्चरेडाँडाका स्थानीयले बाटोमै रोके काठमाडाैंबाट फोहोर लिएर गएका टिपर – Nepal Press

सिस्डोल र बन्चरेडाँडाका स्थानीयले बाटोमै रोके काठमाडाैंबाट फोहोर लिएर गएका टिपर

काठमाडौं । आजबाट सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाइएको छ ।

ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई बाटोमै रोकेका छन् ।

सिस्डोल र बन्चरेडाँडाको बीचमा पर्ने आलेटारमा जनप्रतिनिधि र स्थानीयले फोहोरको गाडी रोकेका हुन् । यो ठाउँ धादिङ र नुवाकोट सीमाना पनि हो ।

डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको ककनी गाउँपालिका-३ का वडाअध्यक्ष घननाथ बजगाईँले बताए ।

धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको बताए ।

नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरू बताउँछन् ।


प्रतिक्रिया

3 thoughts on “सिस्डोल र बन्चरेडाँडाका स्थानीयले बाटोमै रोके काठमाडाैंबाट फोहोर लिएर गएका टिपर

  1. Kangres, maobadi, Emale ra samajbadi partika jholeharu holan, Balen lai asahayog ra asafal banaune sadyantra anusar feri shuru gareka Hun…

  2. यी डाकाहरुलाई यो बर्खामै अनेक वाहाना गरेर आन्दोलन गर्नुपर्ने, बर्षमा कति चोटी सम्झौता गर्नुपर्नेहो हो ह माग पुरा गर्ने निहुमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *