युरोप पुग्ने प्रयासमा छ महिनामा २८९ बालबालिकाको डुबेर मृत्यु – Nepal Press

युरोप पुग्ने प्रयासमा छ महिनामा २८९ बालबालिकाको डुबेर मृत्यु

काठमाडौं । समुन्द्रको बाटो हुँदै गरैकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा पछिल्लो छ महिनामा २८९ बालबालिकाको मृत्यु भएको पाइएको छ ।

संयुक्त रास्ट्रसंघको बाल क्षेत्रको निकाय युनिसेफको तथ्यांकअनुसार ती बालबालिकाहरुको मृत्यु तथ्यांक अघिल्लो वर्षको सोही अवधिको भन्दा दोब्बर हो ।

शुक्रबार युनिसेफले दिएको जानकारी अनुसार मेडिटेरियन समुद्र पार गरेर युरोप छिर्ने क्रममा ती बालबालिकाको डुबेर मृत्यु भएको हो । अलजजिराले उल्लेख गरे अनुसार युनिसेफकी भेरेना कानुसका अनुसार वास्तविक तथ्यांक त्यो भन्दा धेरै माथि हुनसक्ने बताउँछिन् ।

खासगरी लिबिया र ट्युनिसिया हुँदै युरोप प्रवेशको गैरकानूनी शुल्क ७ हजार अमेरिकी डलर हाराहारी हुने अलजजिराले उल्लेख गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *