गगन थापाले मागे केन्द्रीय समिति बैठकको एजेण्डाका लागि सुझाव – Nepal Press

गगन थापाले मागे केन्द्रीय समिति बैठकको एजेण्डाका लागि सुझाव

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नको लागि सुझाव मागेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार एक बर्षपछि बस्दैछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने महामन्त्री थापाले बताएका छन् ।

उनले भनेका छन्, ‘यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु। नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहानुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ नगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र सुभेच्छुकहरूमा आग्रह गर्न चाहन्छु ।’

बैठकको एजेण्डा मंगलबार बिहान बस्ने शीर्ष नेताहरुको बैठकले तय गर्ने तयारी छ। महामन्त्री थापा कांग्रेस रुपमान्तरणको अभियानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर