एनआरएनए अष्ट्रियाको महिला उपाध्यक्षको रेसमा स्याण्डी – Nepal Press

एनआरएनए अष्ट्रियाको महिला उपाध्यक्षको रेसमा स्याण्डी

काठमाडौं । यही जुलाई २२ मा गैर आवसीय नेपाली संघ अष्ट्रिया शाखामा हुने निर्वाचनका लागि महिला तर्फको उपाध्यक्ष पदमा सन्तोषी भण्डारी अर्थात स्याण्डी रेनरले उम्मेदवारी दिएकी छिन् ।

नेपाली हितका लागि विभिन्न समाजसेवा गर्दै आएकी उनी संस्थागत रुपान्तरण, सामाजिक एकता सबैको एनआरएन हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएकी हुन् ।

अत्याधिक मत ल्याएर विजय हुने दाबी उनको छ । धेरै वर्ष नेपालीहरुको हितमा काम गरेको बताउँदै अब थप जिम्मेवारी लिएर सामाजिक एकताको लागि चुनावी मैदानमा उत्रिएको उनको भनाई छ । अहिलेसम्म गरेको कामले सबैको मन जितेको र यसैलाई आधार मानेर आफ्नो जित सुनिश्चित हुनेमा आफू ढुक्क रहेको बताइन् ।

उनी नेपालको धादिङको सदरमुकाम धादिङवेशीमा जन्मिएकी हुन् । कामको शिलशिलामा दशकौं अगाडि युएई गएकी स्याण्डी त्यतै वस्न थालेको थिइन् । युएईको दुबईमा रहँदा विभिन्न साँस्कृतिक कार्यक्रममा भाग लिने, म्यूजिक भिडियोमा अभिनय गर्ने र कार्यक्रम चलाउने कार्य आरम्भ गर्न थालिन् ।

त्यहि बेला कलाकारहरुको अर्न्तराष्ट्रिय संस्था ईनासको सदस्य भएर नेपाली कला साहित्यमा सक्रिय हुन थालिन् । दुवईमा रहँदा अष्ट्रिया नागरिक ईन्जिनियर एण्डी रेनरसंग भेट भयो र उनले एण्डी विहे गरिन् ।

विवाह पछाडि स्याण्डी श्रीमान एण्डीसंगै अष्टिया गइन् । लामो समयदेखि विदेशमा बसोबास गर्दै आएकी सन्तोषी समाजसेवी तथा कलाकार हुन् । गैर आवसिय नेपाली भएपनि नेपाली भाषा, कला र साहित्यमा सधैं उनी सक्रिय छिन् । अर्न्तराष्ट्रिय कलाकार मंच (ईनास) की अष्ट्रियाकी अध्यक्ष हुन् स्याण्डी । ईनास पूर्व उनी नेसास मार्फत सक्रिय थिइन् ।

युरोपेली मुलुक अष्ट्रियामा थोरै संख्यामा नेपाली बसोबास गरेता पनि उनी नव पिडीलाई नेपाली संस्कृति र संस्कार सिकाउन लागि परेकी छिन् । नेपालीहरुले मान्दै आएका होली, तीज, ल्होसार, दशैं र तिहार जस्ता चाडपर्व पर्वहरुमा केहि न केहि कार्यक्रम आयोजना गरि त्यहाँ बस्ने नेपालीहरुलाई एकतावद्ध गर्न क्रियाशिल रहँदै आएकी छिन् ।

उनले नेपाली भेषभुषा, भाषाको सम्बद्र्धनमा आफूलाई सधैं अग्रपंक्तिमा उभ्याउँदै आएको बताइन् । आफनो जितले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रर्वद्धन उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *