सहकारीको समस्या समाधान गरेर बचत फर्काउन गगन-विश्वप्रकाशको माग (भिडिओ) – Nepal Press

सहकारीको समस्या समाधान गरेर बचत फर्काउन गगन-विश्वप्रकाशको माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सहकारी समस्या समाधान गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको बैठकमा बोल्दै सहकारीको अहिले समस्या आउनुमा सरकारको कमजोरी भएको थापाले बताए ।

उनले केही दिन अघिसम्म सहकारी पीडितको रुवाबासी सांसदको घरघरमा हुने गरेको भएपनि अहिले माइतीघर मण्डलामा सरेको बताए ।

‘पीडतहरूको आवाज सुन्नुपर्छ । यो समस्या आउनुमा एकहदसम्म जिम्मेवार राज्य पनि हो । जुन निकायले अनुगमन नगर्दा अहिलेको अवस्था आएको छ । अहिले धेरै कुरा भत्किएपछि अध्ययन कार्यदल बनाएर त्यसले सोमबार प्रतिवेदन बुझाइसकेको छ । त्यो कार्यान्वयन हुँदै जानुपर्छ । बचतकर्ताले रकम फिर्ता पाउनुपर्छ’, गगनले भने ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीसँग छलफल गरेर समस्या समधान गर्नुपर्नेमा जोड दिए ।

लामो समयदेखि सहकारीकर्मी आन्दोलित भएको अवस्थामा सरकारले उनीहरूसँग छलफल गरेर समस्याको समाधान गर्नुपर्ने शर्माको भनाइ थियो ।

‘केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भयो । सरकारले उचित तवरले नियमन गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर