आन्तरिक उडानको भाडा भोलिबाट बढ्ने – Nepal Press

आन्तरिक उडानको भाडा भोलिबाट बढ्ने

काठमाडौं । वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडादर बढाउने निर्णय गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्रीले हवाई यातायात सेवालाई मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्य गरेकाले हवाई भाडा बढाउने निर्णय गरेका हुन् ।

नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडादरमा नै भ्याटको मूल्य समायोजन गरी उठाइने बताएको छ । हवाई सञ्चालकहरूले भ्याट नतिर्ने भन्दै यसअघि विरोध गर्दै आएका थिए । तर, अहिले उनीहरू भ्याटमा जान सहमत भएका छन् ।

भ्याटमा लाग्ने मूल्य यात्रुबाटै उठाउने गरी साउन १ बाट भाडादर बढाउने संघको भनाई छ । मूल्य अभिवृद्धि कर १३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *