एकाएक किन उखेलियाे बानेश्वरमा हुर्किएका बिरुवा ? – Nepal Press

एकाएक किन उखेलियाे बानेश्वरमा हुर्किएका बिरुवा ?

काठमाडौं । माइतीघर-बानेश्वर सडकबीचको मेडियनमा एक दशकअघि रोपेर हुर्काइएका बोटबिरुवा जापानी दातृनिकाय जाइकाले  हटाएको छ । हरियालीसँगै सडकलाई सुन्दर बनाउँदै गरिएका ती रुखहरू हिजो एकाएक हटाइएको हो ।

सहरी हरियालीका लागि काठमाडौं महानगरपालिकाले १ लाख वटा विरुवा रोप्ने अभियान थालेको थियो । सोही अभियानअन्तर्गत ३२ वटै वडामा सडक किनारमा बिरूवा रोपिरहँदा बानेश्वर क्षेत्रका रुख हटाइएको छ । सहरी हरियाली बढाउन बर-पीपल, फूल तथा फल लाग्ने, बास्ना आउने बिरुवा रोपेर वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको मेयर बालेन शाहले बताउँदै आएका छन् ।

तर, सडक थप  सरंचना विस्तार गर्न भन्दै जापानी दातृनिकाय जाइकाले नयाँबानेश्वरबाट तीनकुने जाँदा दाहिनेपट्टि सडक बीच भागका हुर्किएकाे रुखहरू भने हटाएको हो । एक दशकअघि यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दुबो रोपिएको थियो । ती बिरुवा हुर्काउन पनि महानगरले सहयोग गरेको थियो ।

ट्राफिकलाई समस्या हुने गरी राेपिएकाले  ती बिरुवा हटाएकाे हुन सक्ने  महानगरका एक कर्मचारीले थियाे ।तर  ट्राफिकलाई समस्या  भएर बाेटबिरुवा हटाएकाे नभई सडक संरचना बनाउन हटाएकाे खुलेकाे छ ।  काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर रुख उखेलिएकोबारे आफूलाई जानकारी नभएको बताउँछन् ।

जाइकाले सडकमा थप संरचना बनाउनकाे  लागि एकाएक  सडकमा भएकाे बाेटबिरुवाहरु हटाएकाे नगरप्रहरी प्रमुख राजु पाण्डेले नेपालप्रेसलाई बताए ।  उनले भने,’हिजाे दिउँसाे  बाेटबिरुवा हटाएकाे हाे ।  के कसाे रहेछ हामी बुझ्दै छाैं । सरंचना बनाइसकेपछि फेरि बिरुवा राेप्ने भनिएकाे छ ।’

( स‌ं- यसअघि काठमाडाैं महानगरपालिकाले बाेटबिरुवा हटाएकाे भनि समाचार प्रकाशन हुन गएकाले क्षमायाचनासहित सच्याइएकाे छ ।)

तस्बिरहरु : नविनमुनि स्थापित ।


प्रतिक्रिया

One thought on “एकाएक किन उखेलियाे बानेश्वरमा हुर्किएका बिरुवा ?

  1. त्यो उखेलेको बिरुवा हरु अन्तै लगाउनु पर्ने ठाउमा लगाये हुन्थ्यो नि बा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *