राष्ट्रिय चिकित्सक संघका महासचिव खरालले दिए राजीनामा – Nepal Press

राष्ट्रिय चिकित्सक संघका महासचिव खरालले दिए राजीनामा

काठमाडौं राष्ट्रिय चिकित्सक संघका महासचिव डा. पुष्पमणि खरालले राजीनामा दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै खरालले आइतबारदेखि संघको महासचिव र एमालेका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

एमाले निकट चिकित्सक संघमा रहेर आफूले जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार र स्वास्थ्यकर्मीको हकका विषयमा वकालत गर्दै आए पनि यथास्थितिमा देश जनतालाई सकारात्मक योगदान दिन नसकिने भएकाले राजीनामा दिएको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *