जयनगर-जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट भंगहासम्म रेल कुद्ने – Nepal Press

जयनगर-जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट भंगहासम्म रेल कुद्ने

जनकपुरधाम । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको रेल सेवा आजदेखि विस्तार हुने भएको छ ।

आजदेखि रेल महोत्तरीको भंगहा नगरपालिकामा पर्ने विजलपुरसम्म सञ्चालन हुन लागेको हो । जनकपुरधामदेखि कुर्था १७ किलोमिटर पर्छ । आजदेखि रेल ५१ किलोमिटर गुड्छ ।

रेल सेवा विस्तारको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम तय गरिएको छ । आज बिहान १० बजे भंगहा स्टेशनमा मन्त्री ज्वालाले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

उनका अनुसार भोली सोमबारदेखि विजलपुरादेखि जयनगरसम्म रेल सेवा नियमित सञ्चालन हुनेछ । विजलपुरासम्म रेल सञ्चालनमा आएपछि आउने/जाने समय हेरफेर हुन्छ । अब महोत्तरीको बिजलपुराबाट बिहान साढे सात बजे रेल जयनगरका लागि खुल्नेछ ।

०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि जयनगर-जनकपुरधाम-कुर्था ९३५किलोमिटर० रेल सेवा सञ्चालन भइरहेको थियो ।

अहिले एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् । रेल सेवा १७ किलोमिटर विस्तार भएपनि पहिलेदेखि कार्यरत जनशक्तिबाटै तत्काल काम चलाउने महाप्रबन्धक झाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *