यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४७ रुपैयाँ १९ पैसा र बिक्री दर १४७ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसामा तथा युरो एकको खरिद दर १४६ रुपैयाँ३७ पैसा र बिक्री दर १४७ रुपैयाँ ०४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१  रुपैयाँ रहेको छ भने  बिक्री दर ९०.९१  रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर  ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा कारोबार हुँदा दक्षिण कोरिया  वन १०० को खरिदमा १० रुपैयाँ ३४ पैसा र बिक्रीदर  १० रुपैयाँ ३९ पैसामा किनबेच हुनेछ ।

यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको  खरिद  दर२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१२ रुपैयाँमा कारोबार गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर