एमालेको ६ बुँदे प्रस्ताव- कोशी सरकार भङ्गदेखि मिटरब्याजसम्बन्धी विधेयकमा सरकारको छलकपटसम्म (पूर्णपाठ) – Nepal Press

एमालेको ६ बुँदे प्रस्ताव- कोशी सरकार भङ्गदेखि मिटरब्याजसम्बन्धी विधेयकमा सरकारको छलकपटसम्म (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले समसामयिक विषयमा ६ बुँदे प्रस्ताव पारित गरेको हो।

एमाले गठबन्धन संविधान विपरीत चलेको आरोप लगाउँदै कोशी सरकार असंवैधानिक भएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

कोशी सरकार भङ्ग संविधानसम्मत प्रक्रिया तत्काल अर्को सरकार गठन गर्न माग गरेको बताए ।

उनले भने, ‘संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन। त्यसै कारण सभामुखले दलीय आबद्धताबाट अलग हुने प्रचलन रहेको छ। अझ, सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ।

एमाले सरकार ढलेपछि नयाँ सरकार गठनका लागि संख्या पुर्याउन सभामुखले पनि हस्ताक्षर गरेका थिए। यो विषय अहिले सर्वोच्च अदालत पुगिसकेको छ।

यस्तै एमालेले लम्की स्किन रोग, मिटरब्याजसम्बन्ध विधेयक, किसानलाई रासायनिक मललगायतको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर