गाउँपालिका अध्यक्षले मानसिक तनाव दिएको भन्दै १९ जना प्रधानाध्यापकले दिए सामूहिक राजीनामा – Nepal Press

गाउँपालिका अध्यक्षले मानसिक तनाव दिएको भन्दै १९ जना प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

हेटौँडा । गाउँपालिका अध्यक्षले मानसिक तनाव दिएको भन्दै मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन् ।

अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूको आरोप छ ।

उनीहरूले गाउँपालिका अध्यक्षले व्यवहार सुधार्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “गाउँपालिका अध्यक्षले मानसिक तनाव दिएको भन्दै १९ जना प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

  1. पहिले त अध्येक्षको अाचरण ठिकहुनु पर्यो, कतिपय शिक्षकहरु पनि उमेरका कारणले पनि पढाउँन नसक्ने र अबकास पनि हुन नचाहाने स्थिति छ। चाँडै समधान होस विध्यार्थिले पढ्न पाउँने अधिकार सुनिश्चित होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *