पुन: टिकट काटेर पठाइएका ३७ नेपाली कामदारलाई अध्यागमनले फेरि फर्कायो – Nepal Press

पुन: टिकट काटेर पठाइएका ३७ नेपाली कामदारलाई अध्यागमनले फेरि फर्कायो

काठमाडौं । गएराति पौने ११ बजे कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ ।

२७ गते अध्यागमनले फर्काएका कुवेत उड्न ठिक्क परेका ११७ कामदारमध्ये ३७ जनालाई हिजो फेरि अध्यागमनले फर्काएको हो । फकाईएका ३७ जना कामदारहरुलाई कम्पनीहरुले फेरि टिकट काटेर पठाउन लागेको थियो । तर अध्यागमन उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेर फर्काइएको बताएका छन् ।

निरकमल एचआर मेनपावर कम्पनीमार्फत जजिरा एयरलाइन्सबाट जान लागेका ११ जना र सलाम एयरबाट ४ जना जान लागेका थिए । युथ मेनपावरमार्फत जजिराबाट १३ जना र सलाम एयरबाट ९ जना कतार जान लागेका थिए ।

२८ गते अध्यागमन एयरपोर्टबाट फर्काएको कामदारलाई पुनः टिकट काटेर पठाएकोमा रातिको सलाम र जजिरा एअरबाट कुबेत लागि गएका कामदार लाइ एउटा पत्र थमाएर यात्रा अनुमति नदिइ फर्काइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

सबै प्रक्रिया पूरा गरेपनि श्रमिकलाई कर्मचारीले दुख दिने नियतले गन्तव्य मुलुक जान नदिएको उनले बताए । उनले भने,‘ यसमा अध्यागमन बिभागका महानिर्देशकको एकल बदनिय देखिन्छ ।’

कामदारलाई थमाएको पत्रमा २७ गते कागजात लगायतका विषय शंकास्पद भएको भनी प्रस्थान अनुमति नदिएकोमा निजको भिषा लगायतका अन्य कागजातहरु छानविनको प्रक्रियामा रहेकोले अध्यागमन विभागका महानिर्देशकज्यूको निर्देशानुसार प्रस्थान अनुमति नदिइएको ।’ भनेर उल्लेख गरिएको छ । आज बेलुका पनि बुधबार रोकिएकामध्ये १४ जना कुबेत जाने तयारीमा छन् ।

याे पनि पढ्नुहाेस् ।

कुवेत उड्न ठिक्क परेका ११७ श्रमिकलाई अध्यागमनले फर्कायो

कुवेत उड्न लागेका ११७ जना फर्काइएकोमा अध्यागमनसँग व्यवसायी संघले क्षतिपूर्ति माग्ने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर