कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनको प्रतिबद्धता – Nepal Press

कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनको प्रतिबद्धता

काठमाडौं । कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरुले प्रतिबद्धता जनाएका छन् । स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् ।

सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियू संयोजक शैलेन्द्र श्रेष्ठ, अखित क्रान्तिकारी (विप्लव) संयोजक मिठू टमटा र अनेरास्ववियू प्रतिनिधि सुशीला दाहालले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

One thought on “कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनको प्रतिबद्धता

  1. क्याम्पसमा तालाबन्दी गुण्डाले मात्र गर्छ । अबदेखि तालाबन्दी गर्नेलाई जेलमा कोच । पढाइ ध्वस्त पार्ने गुण्डालाई पार्टीले संरक्षण गर्ने पार्टीलाई जनताले खाल्डोमा हाल्नुपर्छ । शिक्षक कुटने गुण्डाको मुद्दा फिर्ता लिएर सुशासनको नारा दिने धनराज गुरूङ र नारायणकाजि जस्ता गुण्डाका संरक्षक नेता भए पछि यो देश के हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर