नाबालिगलाई क्लबमा छिराएको भन्दै पक्राउ परेका एलओडीका सञ्चालक हाजिरी जमानीमा छुटे – Nepal Press

नाबालिगलाई क्लबमा छिराएको भन्दै पक्राउ परेका एलओडीका सञ्चालक हाजिरी जमानीमा छुटे

काठमाडौं। नाबालिगलाई क्लबमा छिराएको आरोपमा पक्राउ परेका चर्चित लर्ड अफ ड्रिम्स(एलओडीका सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ।

एलओडीमा छिरेकी १५ वर्षीया किशोरी त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका दुई जना सञ्चालकलाई पक्राउ गरेको थियो।

काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले सरकारी वकिलको अनुमती लिएर हाजिरी जमानीमा छाडेको बताए। ‘हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने व्यवस्थाअनुरुप उनिहरुलाई हाजिरी जमानीमा छाडिएको हो’ एसपी रिजालले भने।

प्रहरीले रुदिल बल्लब श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर