अमरेशको आक्रोश- ललिता निवास काण्डमा अधिकृत समाउने, तत्कालीन प्रधानमन्त्री साइरन बजाउँदै हिँड्ने ? (भिडिओ) – Nepal Press

अमरेशको आक्रोश- ललिता निवास काण्डमा अधिकृत समाउने, तत्कालीन प्रधानमन्त्री साइरन बजाउँदै हिँड्ने ? (भिडिओ)

काठमाडौं । सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै टिप्पणी उठाउने शाखा अधिकृतलाई समातेर निर्णय गर्नेहरुलाई छाडेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘ललिता निवास जग्गा काण्डमा शाखा अधिकृृतले एउटा टिप्पणी उठाएबापत जेल जाने तर, निर्णयकर्ताहरुसँग बसेर डिनर खाने र निर्णयकर्ताहरु गाडी अगाडि पछाडि साइरन बजाउँदै हिँड्ने यो कस्तो न्याय हो ? जो निर्णय गरेको छ शाखा अधिकृतबाट टिप्पणी उठाएर सहसचिव, सचिव त्यहाँ गएको छ क्याविनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसो भएमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ ।’


प्रतिक्रिया

2 thoughts on “अमरेशको आक्रोश- ललिता निवास काण्डमा अधिकृत समाउने, तत्कालीन प्रधानमन्त्री साइरन बजाउँदै हिँड्ने ? (भिडिओ)

  1. यिनीहरुलाइ केही हुने देखिएन। पशुपति शर्माले गाएको गीत ठीकै रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर