३९ रनमा ६ विकेट गुमाएको नेपालको सय रन पूरा, प्रतिश र सोमपालको सम्हाल्ने प्रयास – Nepal Press

३९ रनमा ६ विकेट गुमाएको नेपालको सय रन पूरा, प्रतिश र सोमपालको सम्हाल्ने प्रयास

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान एसँग भिडिरहेको नेपालले सय रन पूरा गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाली टोलीले २२ ओभरमा ८ विकेट गुमाएर एक सय ७ रन जोडेको छ । सोमपाल कामी र प्रतिश जिसीले नवौँ विकेटका लागि ३५ रनको साझेदारी गरिसकेका छन् । सोमपाल २४ र प्रतिश ११ रनमा खेल्दैछन् । त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो ।

नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे । कुशल मल्लले पनि १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौँ विकेटका लागि २८ रनको साझेदारी भएको थियो ।

पाकिस्तानका सहनवाज दहानी र मुहम्मद वासिमले ४/४ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर