भानुजयन्ती : शालिकमा माल्यार्पणसहित आदिकविको सम्झना (भिडिओ) – Nepal Press

भानुजयन्ती : शालिकमा माल्यार्पणसहित आदिकविको सम्झना (भिडिओ)

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यसैक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतले भानुभक्तको शालिकमा पुष्पमाला अर्पण गरेका छन् ।

कार्यक्रममा केही स्रष्टालाई सम्मान गरिनुका साथै भानुभक्तले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ ।

सो अवसरमा ब्राम्हण बटुकहरूले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण गरी आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए । भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए ।

उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर