झरी नरोकिएपछि इटहरीका विद्यालयमा आज सार्वजनिक बिदा – Nepal Press

झरी नरोकिएपछि इटहरीका विद्यालयमा आज सार्वजनिक बिदा

विराटनगर । लगातार झरी परेपछि इटहरी उपमहानगरपालिकाले आज विद्यालयमा सार्वजनिक बिदा दिएको छ ।

लगातार वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले अझै भारी वर्षा हुने सूचना जारी गरेकोले उपमहानगर क्षेत्रका सबै विद्यालय बिदा दिइएको बताइएको छ । मेयर हेम कर्ण पौडेलद्वारा जारी सूचनामा स्थानीय विदाबाट कट्टा गर्ने गरी आज एक दिनका लागि बिदा दिइएको उल्लेख छ ।

सुनसरी र मोरङमा भारी वर्षा हुने भन्दै सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना गरी गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको सूचनाअनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *