कांकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रिबस दासढुंगामा दुर्घटना – Nepal Press

कांकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रिबस दासढुंगामा दुर्घटना

काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस भरतपुरको दासढुंगामा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस बिहान सवा ५ बजेतिर भरतपुर-२९ दासढुंगा मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो । बस अनियन्त्रित हुँदा खसेर सडकबाट करिब १० मिटर तल रुखमा अड्किएको प्रहरीले बताएको छ । रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्न भने जोगिएको छ ।

बसमा करिब ४० यात्रु सवार रहेको प्रहरीले बताएको छ । प्रहरी घटनास्थलमा परिचालन गरिएको छ ।

१९ जना घाइतेलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल पठाइएको जिप्रकाले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर