कुवेत उड्न लागेका ११७ कामदार फर्काइएको विषयमा सरकारको ध्यानाकर्षण – Nepal Press

कुवेत उड्न लागेका ११७ कामदार फर्काइएको विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । वैदेशिक रोजगारीमा हिँडेका नेपाली श्रमिकलाई एयरपोर्टबाट फर्काइएको विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीलगायतको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर विनाकारण अध्यागमनले श्रमिकलाई फर्काएको बताएको छ ।

वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई उड्न एयरपोर्ट पुगेका श्रमिकलाई अध्यागमनका कर्मचारीले अनावश्यक दु:ख दिने, कानूनविपरीतको गलत सूचना दिने गरेको भन्दै उनीहरूलाई कारबाही गरी फर्काइएका कामदारलाई सहजरूपमा पठाउन सहयोगका लागि सरकारसमक्ष माग गरिएको अध्यक्ष भण्डारीले बताए ।

संघका अनुसार बुधबार राति सलाम एयरबाट कुवेत जान लागेका १०१ जना कामदार, र कुवेत एयरबाट जान लागेका १६ जना कामदार अध्यागमनले फर्काएको थियो ।

अध्यागमनले उनीहरूको कागजात शंकास्पद रहेको कारण देखाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर