बीआरआईपछि चीनको नयाँ फोरम ‘सिल्क रोडस्टर’ – Nepal Press

बीआरआईपछि चीनको नयाँ फोरम ‘सिल्क रोडस्टर’

काठमाडौं । महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) १०औं वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ नामक नयाँ फोरम सुरु गरेको छ ।

चीन र दक्षिण पूर्वी एसिया तथा दक्षिण एसियाली राष्ट्रहरुबीच व्यवहारिक समन्वयका लागि उक्त फोरम स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ ।

यो फोरममा सिल्क रोड यात्रा, सिल्क रोड सशक्तीकरणसहित विभिन्न ५ वटा परियोजना समेटिएका छन् । यही फोरमअन्तर्गत नेपाल आइपुगेको चिनियाँ टोलीले भक्तपुरमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ ।

‘सिल्क रोडस्टर : ज्वाइन द राइड फर बेटर फ्युचर’ नाम दिइएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टीलगायत दलका नेताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर