क्लिनिक वानमा श्रवणशक्ति गुमाएकाको उपचारका लागि दोभाषेको व्यवस्था – Nepal Press

क्लिनिक वानमा श्रवणशक्ति गुमाएकाको उपचारका लागि दोभाषेको व्यवस्था

काठमाडौं । ललितपुरको जावलाखेलस्थित क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरुको उपचारका लागि दोभाषेको व्यवस्था गर्ने भएको छ ।

राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र क्लिनिक वानबीच बिहीबार यस विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार श्रवण शक्ति गुमाएकाहरुले विभिन्न परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन् ।

यस्तै संघको सिफारिस लिएर आउने बिरामीको हकमा सबै सेवा निःशुल्क हुने क्लिनिक वानका सञ्चालक रघु राणाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *