‘देव वाणी’को गीत भारतको राजस्थानमा छायांकन – Nepal Press

‘देव वाणी’को गीत भारतको राजस्थानमा छायांकन

काठमाडौं । बाबु साहेब बलामीको निर्देशनमा निर्माण भैरहेको सिनेमा देव वाणीको एक गीतको छायांकन भारतको राजस्थानमा गरिएको छ । गायक प्रताप दास र गायिका सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायांकन राजस्थानमा गरिएको हो ।

सिनेमाको निर्माण टीम केही दिनअघि भारतको राजस्थानमा ४ दिन लगाएर एक गीतको छायांकन गरेर नेपाल फर्किएको छ । अब सिनेमाको एक गीत र केही सीनमात्र खिच्न बाँकी रहेको जानकारी निर्माण टीमले दिएको छ ।

राजस्थानमा खिचिएको गीतमा सिनेमाका मुख्य कलाकार कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड छन् ।

सिनेमामा कुन्दन र अनुजासँगै सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय रहनेछ । सिमरा, वीरगञ्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको छ ।

निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी भाषामा बन्ने जानकारी दिए । सिनेमालाई भारतका हलमा प्रदर्शन गर्ने उनको योजना छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमाको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाको प्रस्तुतकर्ता मौसम पौडेल हुन् । मीना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा महेन्द्र यादव छन् । सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर