गाँजा खेतीलाई वैधानिकता दिन मधेशसभामा पनि उठ्यो कुरा – Nepal Press

गाँजा खेतीलाई वैधानिकता दिन मधेशसभामा पनि उठ्यो कुरा

जनकपुरधाम । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज मधेश प्रदेशको संसद बैठकमा पनि उठेको छ ।

अगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा नेपाली कांग्रेसका सांसद जनार्दनसिंह क्षेत्रीले मधेश प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन गाँजा खेती जरुरी भएको तर्क गरे ।

पर्सा क्षेत्र नम्वर ३ (२) बाट निर्वाचित सांसद क्षेत्रीले भने, ‘एउटा समय थियो, जतिबेला साना देशहरूमा गाँजा खेती रोक्ने कुरा आयो । आज त्यही ठूला मुलुकमै गाँजा खेती भइरहेको छ भने हामीले किन नगर्ने ?’

सरकारले व्यवस्थापन गरेर गाँजा खेती गर्दा मधेश प्रदेशको आर्थिकस्तर धेरै अगाडि बढ्नसक्ने उनले बताए । उनले गाँजा खेती गर्नेबारे सबै साँसद एकजुट भएर संसदबाटै पास गर्न आग्रह समेत गरे ।

संघीय सरकारले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अध्ययन गर्नका लागि अगामी आर्थिक वर्षको बजेटमै रकम छुट्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर