यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु – Nepal Press

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले भारतको गुजरातमा हुने लागेको विश्वका विकसित र विकासशील मुलुकहरुको समूह जी२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

असार २६ गते भएको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकारले समानीकरण अनुदानतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रकम हस्तान्तरण गर्ने निर्णय गरेको शर्माले बताइन् ।

उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीइ तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशतका दरले हुने पाँच अर्ब नौ करोड २२ लाख रकम स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने निर्णय भएको हो ।

बैठकले परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई थाइल्याण्डमा आयोजना हुने बिमस्टेक परराष्ट्र मन्त्रीको रिट्रिटमा भाग लिनका लागि स्वीकृत दिने तथा अर्थमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई जी २० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिनका लागि पनि स्वीकृति दिने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर