पोखरा महानगरपालिका- १३ ले भोलिदेखि नि:शुल्क एम्बुलेन्स सेवा दिने – Nepal Press

पोखरा महानगरपालिका- १३ ले भोलिदेखि नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं । पोखरा महानगरपालिका- १३ ले भोलि देखि एम्बुलेन्स सेवाको सुरुवात गर्ने भएको छ । वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले शुक्रबारदेखि सेवा सुचारु गर्न लागेको हो ।

वडाअध्यक्ष किरण बरालले शुक्रबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याइने जानकारी दिए । ‘वडाबासीलाई पोखराको जुनसुकै अस्पतालमा एम्बुलेन्सले निःशुल्क सेवा दिनेछ,’उनले भने ।

निर्वाचनका बेला गरिएका घोषणालाई कार्यान्वयन गर्न लागिएको बरालले बताए । बिरामी पर्दा बिरामीले सहजै उपचार पाउन भन्ने उद्देश्यले एम्बुलेन्स चलाउन लागिएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “पोखरा महानगरपालिका- १३ ले भोलिदेखि नि:शुल्क एम्बुलेन्स सेवा दिने

  1. Very nice chhora. Do like this continue for public. It is great step .keep it up mero chhora.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर