इमर्जिङ टिम्स कपका खेलहरु स्टार स्पोर्ट्समा लाइभ हेर्न पाइने – Nepal Press

इमर्जिङ टिम्स कपका खेलहरु स्टार स्पोर्ट्समा लाइभ हेर्न पाइने

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप आजबाट सुरु भएको छ । नेपालले भोलि आफ्नो पहिले खेल खेल्दै गर्दा धेरै समर्थकको कौतुहल छ, टिभीमा लाइभ हेर्न पाईंछ कि पाइन्न ?

एसियाली क्रिकेट परिषद (एसीसी)ले नेपाली दर्शकहरुका लागि खुशीको खबर दिएको छ । यस प्रतियोगिताका खेलहरु स्टार स्पोटर््समा प्रत्यक्ष प्रशारण हुने भएका छन् ।

एसीसीले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप स्टार स्पोट्र्स १ र स्टार स्पोट्र्स ३ मा लाइभ हेर्न सकिनेछ (भारत, श्रीलंका, बंगलादेश र नेपालका लागि) र, अन्य देशमा रहेका फ्यानले एसीसीको युट्यूव च्यानलमा लाइभ हेर्न सक्नेछन् ।’

अर्थात् नेपालमा यो प्रतियोगिताका खेलहरु टिभीमै लाइभ हेर्न सकिने छ । देशबाहिर रहेका नेपालीहरुले युट्यूवमा पनि हेर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर