दोहोरो अंकले घट्यो नेप्से, कस्तो रह्यो यो साताको कारोबार ? – Nepal Press

दोहोरो अंकले घट्यो नेप्से, कस्तो रह्यो यो साताको कारोबार ?

काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से बजार साताको अन्तिम कारोबारमा दोहोरो अंकले घटेको छ ।

बिहिबार नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ९३ लाख ८२ हजार ४४० कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारोबार भएको छ ।

दोहोरो अंबले बढेको बजारमा सर्वाधिक नाफा १० प्रतिशत एनएमबी डेभेन्चर २०५८, एसबीएल डेभेन्चर २०८३, एनएमबी समृद्धि फण्ड२ र सीटीजन म्युचअल फण्ड १ ले कमाएका छन । पिपुल्स हाइड्रोपावर कम्पनी, हिमालयन पावर पार्टनर, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी, कारोबार आधारमा शिभम सिमेन्टस २३ करोड ७५ लाख ९३ हजार ३४८ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

यस साता नेप्से परिसूचक दोहोरो अंकले बढ्दै सुरु भएको बजार साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले घटेर बन्द भएको छ ।

साताको पहिलो दिन आइतबार २८.३० अंकले बढेको नेप्से सोमबार ०.८० अंकले घट्यो । त्यस्तै, साताको तेस्रो दिन मंगलबार पनि नेप्सेमा ४ अंकले गिरावट भयो भने बुधबार २५.३१ अंकले वृद्धि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर