अमेरिकाले युक्रेनलाई दिएको सैन्य जहाजलाई आणविक हतियार सरह मानिनेछ : रुस – Nepal Press

अमेरिकाले युक्रेनलाई दिएको सैन्य जहाजलाई आणविक हतियार सरह मानिनेछ : रुस

काठमाडौं । रुसी परराष्ट्रमन्त्री सेग्रि लेभ्रोबले अमेरिकाले युक्रेनलाई दिएको एफ-१६ सैन्य जहाज आणविक हतियार सरह मान्ने बताएका छन् ।

रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरे अनुसार लेभ्रोबले बिहिबार एक अन्तरवार्तामा यस्तो भनेका हुन् । लेभ्रोबले उक्त सैन्य जहाजले आणविका हतियार नबोक्ने भन्ने प्रत्याभूति नभएको भनेर आणविक शक्ति देशहरुलाई रुसले खबर गरिसकेको लेभ्राबले अन्तरर्वातामा बताएका छन् ।

अमेरिकाले एफ–१६ सैन्य जहाज दिनुले एक खराब अवस्था ल्याएको लेभ्रोबले बताए । तर, रुससँग युक्रेनले नसक्ने भन्दै लेभ्रोबले भनेका छन्, ‘यी सबै सहयोगहरुको प्रत्याभूतिको कुनै अर्थ हुनेछैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर