असारभित्र आयकरको तेस्रो किस्ता बुझाउन आन्तरिक राजस्व विभागको निर्देशन – Nepal Press

असारभित्र आयकरको तेस्रो किस्ता बुझाउन आन्तरिक राजस्व विभागको निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० को आयकरको तेस्रो किस्ताबापतको कर असार महिनाभित्र तिर्न निर्देशन दिएको छ ।

विभागले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/०८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकी रकम यही असार महिनाभित्र तिर्न भनेको हो ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९/०८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) २०८० असार महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था भएकोले सोअनुसार म्यादभित्रै दाखिला गर्नुहुन अनुरोध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर